Advertisement
विज्ञापन

जीवन मरणको दोसाधंमा रहेकी शोभालाई आर्थिक सहयोग



Advertisement
विज्ञापन

नालीबेली न्युज डट कम ।

लामो समय देखी बिरामी भएर थला परेकी मुसिकोटकी शोभालाई उपचारको लागि आर्थिक सहयोग गरिएको छ ।


Advertisement
Advertisement
Advertisement

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–३ निवासी २० वर्षकी बिरामीलाई बडागाउँ सेवा समाज जापानबाट आएको २९ हजार आठ सय रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

वडागाउँ सेवा समाज गुल्मीका अध्यक्ष दिपक बरालको नेतृत्वमा आएको रकम नेकपा एमाले वडा कमिटि अध्यक्ष मधु मल्ल र वडा सदस्य शंकर रायमाझीद्धारा हस्तान्तरण गरिएको हो ।

सहयोग गर्ने वडागाउँ सेवा समाज जापानलाई नेकपा एमाले वडा कमिटी उपाध्यक्ष पे्रम जि।सीले धन्यवाद दिनुभएको थियो ।

त्यस्तै भारतबाट लक्ष्मण सुनार र मनोहर विश्वकर्माको नेतृत्वमा आएको २८ हजार रकम पनि एक कार्यक्रमका विच हस्तातरण गरिएको छ । सुनारको उपचारको लागि भारतमा रोजगार गर्ने नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।

जसमा जितु सुनार, पदम सुनार, बावुराम सुनार ,मिठु सुनार, मनोज वि।क, शंकर सुनार, विष्णु सुनार, प्रेम सुनार, जुठे सुनार, सन्तोष सुनार, मिरिन्डा वि,क, राजु सुनार, सरिता नेपाली, रमेश वि,क, धन बहादुर सुनार, लक्ष्मण वि,क, मिन बहादुर सुनार, इन्दिरा सुनार, निर्मल वि,क, सपना वि,क, फुलमति वि,क, शान्ति वि,क, रामे वि,क, यम नेपाली,, कृष्ण सुनार फुलमती सुनार, सेना वि,क, जुठे वि,क, सुनिता वि,क, मनु वि,क, विष्णु वि,क, बाट आर्थिक सहयोग गरिएको हो ।

उपचारका लागि बिभिन्न मिडियाबाट आफ्नो ज्यान जोगाईदिन सबैसंग सहयोगको अपिल गरे पछि उनको उपचारको लागि सहयोग गरिएको हो । आर्थिक अभावमा उनको उपचार गर्न समस्या आएपछि परिवारले आफन्तीहरु लगायत सम्पूर्णमा सक्दो सहयोगको अपिल गरेका छन् ।

शोभाको आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad