Advertisement
विज्ञापन

भूमिकास्थान नगरपालिकाको उपमेयरमा ठाकुर सौरागको दाबी



Advertisement
विज्ञापन

सन्धिखर्क। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको उपमेयरमा नेकपा माओवादी केन्द्र बाट युवा नेता ठाकुर सौराग ‘आदर्श’ले दाबी गरेका छन्। यस क्षेत्रमा युवा नेतृत्वकर्ताको रूपमा राम्रो छवि भएका उनले आसन्न स्थानीय तह निर्वाचनमा भूमिकास्थानको उपमेयरमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सम्रग भूमिकास्थानको विकासको लागि युवा नेतृत्वको रूपमा आफूले उम्मेदवारी दिने निर्णय गरेको उनले बताए।


Advertisement
Advertisement
Advertisement

वि।सं। २०५७र०५८ मा माओवादी जनयुद्धबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका सौराग लामो समयदेखि माओवादी निकट विभिन्न संगठनमा रहेर काम गर्दै आएका छन्। हाल वाइसियल नेपालका स्थायी कमिटी सदस्य तथा नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेश कमिटी सदस्य समेत रहेका सौराग यस क्षेत्रका निक्कै प्रभावशाली नेता मानिन्छ। अध्ययनशील तथा प्रखर वक्ताका रूपमा उनको छुट्टै पहिचान रहेको छ।

गणतन्त्र, संघीयता, समानुपातिक, समावेसी, धर्मनिर्पक्षतालागायतका मुद्दामा पार्टीले हासिल गरेका उपलब्धिमा उनको ठूलो योगदान रहेको छ।स्थानीयस्तरमा विकास निर्माणका कामदेखि लिएर सामाजिक तथा राजनीतिक कुराको राम्रो अनुभव भएका तथा संघ र प्रदेशस्तरमा राम्रो पहुँच राख्ने उनले विगतदेखि नै यस क्षेत्रमा योजना निर्माणदेखि लिएर धेरै काम गर्दै आएका छन्।

‘हामीले हाम्रो समुदायको परिर्वतनको लागि लामो समयदेखि संघर्ष गर्दै आयौँ, हामीले जुन उपलब्धि हासिल गरेका छौँ यसमा हाम्रो ठूलो हात छ। मैले समाज र राष्ट्रको लागि धेरै काम गर्दै आएको छु,’ युवा नेता सौरागले कुराकानीमा भने,‘मैले समाजको लागि जहाँ भएपनि काम त गरेकै छु। तर, अब एउटा तहमा बसेर जनताको थप सेवा गर्नको लागि मैले उपमेयर पदमा उम्मेदवारी दिने निर्णय गरेको हो विश्वास छ सबैले साथ दिनुहुनेछ।’

जनसेवालाई ‘बैधानिकता दिन’ जनप्रतिनिधि हुने रहर साँचेको पनि उनले सुनाए।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad