Advertisement
विज्ञापन

गुल्मीमा एमाले कार्यकर्ताद्वारा कांग्रेसका नेतामाथी सांघातिक आक्रमण



Advertisement
विज्ञापन

गुल्मी । नेपाली काँग्रेस क्षेत्र नं. २ गुल्मीका क्षेत्रीय सभापति श्री चन्द्र बहादुर महत तथा नेपाली काँग्रेस इस्मा गाउँपालिका कार्यसमिति सभापति एवम् नेपाली काँग्रेसको तर्फबाट इस्मा गाउँपालिका वडा नं. ४, दोहोलीको वडा अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद रिजाल लगायत नेपाली काँग्रेसका नेताहरु माथि वैशाख ६ गते साँझ भएको सांघातिक आक्रमणको प्रयासप्रति नेपाली काँग्रेस गुल्मीको गम्भीर ध्यानाकर्षण गराएको छ।

२०७९ साल वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचन प्रचार प्रसारका लागि घरदैलो कार्यक्रममा जाँदै गर्दा वैशाख ६ साँझ ४:०० बजेको समयमा नेपाल कम्युनिष्ट पार्टी एमालेका कार्यकर्ता बताउने समूहबाट कांग्रेसका नेताहरु प्रति भएको अमानवीय व्यवहार र सांघातिक आक्रमण गर्ने प्रयासको घटना आफैमा अलोकतान्त्रिक र गैरकानुनी भएको नेपाली कांग्रेस गुल्मीका सभापति खिल्ध्वज पन्थीले बताए ।


Advertisement
Advertisement

लोकतन्त्रको सुन्दरता आवधिक निर्वाचन भएक र यसलाई शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्ने हामी सबैको दायित्व भएको उल्लेख गर्दै यस्तो अवस्थामा निर्वाचनको माहोल बिग्रिने गरी अमानवीय व्यवहार गर्ने, सांघातिक आक्रमण गर्ने प्रयासमा संलग्नहरुको पहिचान गरी आवश्यक कानूनी कारवाही प्रक्रियाका लागि सम्बन्धित सबै सरोकारवालासँग नेपाली कांग्रेस गुल्मीले आग्रह गरेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement