Advertisement
विज्ञापन

गुल्मीमा निर्वाचनको लागि ११ दल दर्ता



Advertisement
विज्ञापन

गुल्मी  । आगामी  बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मीमा ११ दल दर्ता भएका छन ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समावादवादी, लोकतान्त्रिक समाजवादी दल रहेका छन् । यस्तै  राप्रप्रा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी माले, विवेकशील साझा पार्टी, मंगोल नेश्नल अर्गानाइजेसन, नेपाली कांग्रेस विपी, राष्ट्रिय एकता पार्टी, उन्नत लोकतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिइन।


Advertisement
Advertisement
Advertisement

स्थानीय तह निर्वाचनको लागि जिल्लामा २ लाख २४ हजार २ सय ७६ जना मतदाता रहेका छन् । जसमध्ये १ लाख १० हजार ५९ जना पुरुष र १ लाख १४ हजार २ सय १५ जना महिला रहेका छन भने २ जना अन्य मतदाता रहेका निर्वाचन अधिकृत कुँवरले बताइन ।

जिल्लामा महिला मतादाताको संख्या धेरै रहेको छ । गुल्मी जिल्लामा २०७८ सालको जनगणना अनुसार कुल जनसंख्या २ लाख ४६ हजार ८ सय ३६ जना रहेको छ । जसमध्ये पुरुष १ लाख १२ हजार ७ सय ८८ जना रहेका छन् भने महिला १ लाख ३४ हजार ४८ जना रहेका छन् । निर्वाचनको लागि १ सय ४२ मतदान स्थल रहेको छ र २ सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

दुई प्रतिनिधि,चार प्रदेश निर्वाचन क्षेत्र साथै १२ वटा स्थानीय तह रहेको जिल्लामा ९३ वटा वडा रहेका छन् ।  जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गुल्मीमा ४ सय ८९ जनप्रतिनिधि निर्वाचित हुँदै छन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad