Advertisement
विज्ञापन

नेविसंघ स्थापना दिवस :गुल्मीमा पनि विभिन्न कार्यक्रम गरि मनाइयो



Advertisement
विज्ञापन

अनिष पन्थी,गुल्मी । नेपाल विद्यार्थी संघको ५३ औ स्थापना दिवसको अवसरमा गुल्मीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
नेपाली कांग्रेसको पाटी कार्यालय बिपि स्मृति भवनमा आगामी निर्वाचनमा नेविसंघको भुमिका बिषयक अन्तरक्रिया तथा भित्तेपात्रो बिमोचन गरि नेविसंघको स्थापना दिवस मनाइएको छ।

नेपाली कांग्रेस गुल्मीका पाटी सभापति एवं कार्यक्रमका प्रमुख अतिथि खिलध्वज पन्थीले व्यानर पढी कार्यक्रमको उद्घाटन गरेका छन ।सोहि कार्यक्रममा रेसुङ्गा नगरपालिका वार्ड न ७ का वार्डध्याक्ष पदका उमेदवार राम्जी पन्थीलाई विजयको लागि शुभकामना प्रकट गरिएको थियो।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले नेविसंघ गुल्मीले विभिन्न रचनात्मक काम गर्दै आएको बताए।
ठूलो मान्छे नभइ असल मान्छे बन्नु पर्नेमा जोड दिदै सबै विद्यार्थीलाई अगाडि बढन आग्रह गरे।अहिलेको निर्वाचनमा आफ्नो ठाउँबाट कांग्रेसलाई जिताउन लाग्नुपर्ने बताए ।
यसपटक कांग्रेस कांग्रेसके जित्नैपर्ने बताउदै आफ्नो टोल छिमेकमा सबैलाई रुख चिन्हमा भोट हाल्न लगाउदै कांग्रेस जिताउन बिद्यार्थीको ठूलो भुमिका हुने बताए।

नेविसंघबाट उत्पादन भएका प्रतिनिधिले गाउँपालिका उपाध्यक्षको उमेदवार र वार्डध्यक्ष पाँउदा गर्वको महसुस भएको नेविसंघ गुल्मीका सभापति झबिन्द्र पाण्डेले बताए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य छन्द पहराइ, नेविसंघका पुर्व उपसभापति महेन्द्र भण्डारी ,नेपाली कांग्रेसका गुल्मीका सचीव छवि पाण्डे,जगदिश भट्टराई,नेपाली कांग्रेस गुल्मीका सह सचीव धर्मराज पाण्डे,अनिल बस्नेत,नेविसंघ उपसभापति एवं रेसुङ्गा नगरपालिका वार्ड न ७ का वडाध्यक्ष पदका उमेदवार राम्जी पन्थीको उपस्थित रहेको थियो ।

 

नेविसंघ उपसभापति कमल पोख्रेल ,नेविसंघ क्षेत्रीय सभापति अर्जुन पोख्रेल लागएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नेविसंघ गुल्मीका सभापति झबिन्द्र पाण्डेको अध्यक्षता रहेको थियो भने संचालन नेविसंघ गुल्मीका सह सचीव रोशन सिह ठकुरीले गरेका थिए ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad