Advertisement
विज्ञापन

इस्मा गाउँपालिकामा गठबन्धनबाट अध्यक्षको उम्मेदवारमा खड्का सर्वसम्मत सिफारिस



Advertisement
विज्ञापन

गुल्मी । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा गठबन्धनबाट नेपाली काङ्ग्रेस गुल्मीका सचिव भगवत सिंह खड्कालाइ गाउँपालिका अध्यक्षको उम्मेद्वार बनाउन सिफारिस गरेको छ ।

बिहिबार इस्मामा बसेको गठबन्धनको बैठकले सर्वसम्मत रुपमा खड्कालाई गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाउँन सिफारिस गरेको  काङ्ग्रेस  इस्मा गाउँपालिका उपसभापति पार्वती कुँवरले बताइन् ।


Advertisement
Advertisement

२०६१ सालमा नेपाल बिद्यार्थी संघबाट राजिनिति सुरु गरेका खड्का रेसुङ्गा  बहुमुखी क्याम्पस नेविसंघ इकाइ सदस्य, नेविसंग जिल्ला सचिव, काङ्ग्रेस क्षेत्रिय सदस्य, क्षेत्रिय सह सचिव, क्षेत्रिय सभापति हुँदै हाल नेपाली काङ्ग्रेस  गुल्मीको जिल्ला सचिव हुन् ।

अध्यक्षको उम्मेदवार टुंगो लागेपनि उपाध्यक्ष पदमा भने अझै टुङ्गो  लागेको छैन ।
इस्मा नेकपा एमालेका सचिव गोकर्ण बिष्टको चुनावी क्षेत्र हो । विगत २५ बर्षदेखि बिष्टले यस क्षेत्रबाट चुनाव जित्दै आएका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement