इश्मा गाउपालिका उपप्रमुखमा नेपाली कांग्रेसको तर्फबाट पार्वती कुवर सर्वसम्मत उम्मेदवार

गुल्मी ।  वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि गुल्मी जिल्लाकाे इस्मा गाउँपालिकामा गठबन्धनबाट नेपाली काङ्ग्रेस इस्माका उपसभापति २६ बर्षिया पार्बती कुँवरलाई गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवार बनाउँन सिफारिस गरिएको छ ।

सोमबार ईस्मामा बसेकाे गठबन्धनकाे बैठकले सर्वसम्मत रुपमा कुँवरलाई उपाध्यक्षकाे उम्मेदवार बनाउँन सिफारिस गरेको नेपाली काङ्ग्रेस गुल्मीका सचिव भगत सिंह खण्डकाले बताए ।

२०६७ सालमा नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसबाट आफ्नो राजनीति यात्रा सुरु गरेकी कुँवर महिला संघको क्षेत्रीय काेषाध्यक्ष हुदै हाल नेपाल बिद्यार्थी संघ गुल्मी सचिव, इस्मा गाउँपालिका उपसभापति र  कांग्रेस महासमिति सदस्य समेत हुन् । कुँवर पेशाले अधिवक्ता हुन् ।

गाउँठाउँमा बसेर युवा बृद्धा सबै व्यक्तिका समस्या बुझ्ने र परिवर्तनका निमित्त सधैं लडिरहने भएकाले आफूले गाउँपालिका उपाध्यक्ष पदमा जित हासिल गर्ने कुँवरले बताइन् । हरेक यूवा यूवती र हरेक तहका व्यक्तिका निम्ति बाेलिरहने परिवर्तनका निमित्त लडिरहने भएकाले सबैले चुनावमा उठ्न आग्रह गरेका कारण आफुले उम्मेदवारी दिएकाे उनको भनाइ छ ।

ईस्मा गाउँपालिकामा गठबन्धनले अध्यक्षमा भगत सिंह खण्डकालाई  र उपाध्यक्षमा पार्बती कुँवरलाई  टुङ्गो लगाए पनि  नेकपा एमालेले अझै टुङ्गो लगाउँन सकेको छैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै