Advertisement
विज्ञापन

प्रधानमन्त्री कृषि आधुनिकीकरण गुल्मीद्वारा जिल्लाका उत्कृष्ट १० कृषक सम्मानित



Advertisement
विज्ञापन

मदन कुमार घर्ती गुल्मी, गुल्मीमा सुन्तलाजात फलफूल बिरुवा उत्पादक तथा असल तरिकाबाट बगैंचा सुदृढीकरण गर्ने उत्कृष्ट दस कृषकलाई सम्मान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यन्वयन एकाई तम्घास,गुल्मीले जिल्लाका विभिन्न कृषक समूह, सहकारी, निजी फर्मका दस जना कृषकलाई आइतबार एक कार्यक्रमका बिच सम्मान गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यन्वयन एकाई तम्घास,गुल्मीले उत्कृष्ट सुन्तलाजात फलफुल बिरुवा उत्पादक छनोट गर्न सुन्तलाजात फलफुल बिरुवाको विवरण सहित आवेदन खुलाएको थियो ।


Advertisement
Advertisement
Advertisement

आवेदन खुलाएकोमा ३५ जना कृषकले निवेदन पेस गरेका थिए । पेस गरिएका निवेदनका आधारमा प्राविधिकको टोलीले फिल्ड अनुगमन गरेको थियो । अनुगमनका क्रममा ३५ जनामा सुन्तला उत्पादन, बगैंचा सुदृढीकरणमा उत्कृष्ट १० कृषक छनोट गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यन्वयन एकाई तम्घास,गुल्मीका प्रमुख श्रिकृष्ण न्याैपानेले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यन्वयन एकाई तम्घास,गुल्मीको सभाहलमा
उत्कृष्ट १० कृषकलाई प्रमाणपत्र सहित नगदले सम्मानित गरिएको छ ।

कार्यक्रममा कार्यलय प्रमुख श्रिकृष्ण न्याैपानेको अध्यक्षता रहेको थियो भने मकै जोन सन्चालक समन्वय समितीका संयोजक शंकरप्रसाद पन्त, सुन्तलाजात फलफूल जोन संचालक समन्वय समितीका संयोजक गणेशप्रसाद मरासिनी, उपसंयोजक विष्णु प्रसाद पन्त, सचिव मदन थापाको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको संचालन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यन्वयन एकाई तम्घास,गुल्मीकि कर्मचारी नारायणी गाहाले गर्नुभएको थियो । कार्यक्रममा सोही कार्यलयका कर्मचारी, पुरस्कृत हुने कृषकको उपस्थिति रहेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad