Advertisement
विज्ञापन

मुसिकोटमा काँग्रेसको जनलहर बढ्दै: लुग्रुङको सिगों गाउँ नेपाली काँग्रेसमा प्रवेश



Advertisement
विज्ञापन

गुल्मी । वैशाख ३० गतेको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेस प्रतिको जनताको आकर्षण बढ्दै गएको छ । देशमा विभिन्न ठाउँमा काँग्रेस प्रवेश गर्नेहरुको जनलहर बढ्दै गएको छ । एमालेको सरकारबाट आजित जनताहरु एकाएक नेपाली काँग्रेसमा प्रवेश गरिरहेका छन् ।
यसैबीच गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ को सिगों एक गाउँ नै नेपाली काँग्रेसमा प्रवेश गरेको छ । लुग्रुङ गाउँका युवा,वृद्ध गरी ४० जना भन्दा बढी स्थानीय नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई नेपाली काँग्रेसका नेताहरुले खादा र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् । नेकपा एमालेका नेता बाबुलाल नेपाली,कृष्ण थापा श्रीराम लगायतका अन्य युवा तथा वृद्धहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसको तर्फबाट मुसिकोट नगरपालिकाका मेयर पदका उम्मेदवार हरिनारायण सापकोटाले लुग्रुङ गाउँलाई नेपाली काँग्रेसमा स्वागत गर्न पाउँदा खुसी लागेको भन्दै यो उत्साह देखेर नेपाली काँग्रेसको जीत सुनिश्ति भएको बताउनुभयो । उहाँले कम्युनिष्ट सरकारले जनतालाई भ्रम मात्रै सिर्जना गर्ने तर यथार्थमा केही नगर्ने भएकाले उक्त कुरालाई बुझेर पछिल्लो समय नेपाली काँग्रेसमा प्रवेश गर्नेहरु दिनका दिन बढिरहेको भन्दै सबै काँग्रेस भित्र एकताबद्ध भएर मुसिकोटको विकास गर्ने एकमात्र पार्टी नेपाली काँग्रेसलाई विजयी बनाउन लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपाली काँग्रेसले सामान्य नागरिकका जनजिविकाका सवाल र आधारभूत मौलिक अधिकार प्रत्याभूत हुने गरी कार्यक्रमहरु ल्याएकाले दुःख अभाव र जनताका पीडासगं सगैं हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सभापति मोहन घिमिरे,जिल्ला कार्यसमिति सदस्य योगेन्द्र श्रेष्ठ,महाधिवेशन प्रतिनिधि ज्ञानु सापकोटा,नेपाली काँग्रेस मुसिकोट वडा नं २ का पूर्व वडासभापतिहरु अर्जुन सिहं ठकुरी,धनिश्वर घिमिरे,अघिल्लो स्थानीय निर्वाचनमा नेपाली काँग्रेस मुसिकोट वडा नं २ वडाअध्यक्ष पदका उम्मेदवार रामु केसी,क्षेत्रीय सदस्य दिपक कुमार महत लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले नव प्रवेशी साथीहरुलाई उत्साहका साथ निर्वाचनमा लाग्न र नेपाली काँग्रेसलाई विजयी बनाउन आग्रह गर्दै नेपाली काँग्रेसले सक्षम,ईमान्दार र लोकप्रिय नेतालाई उम्मेदवारको रुपमा पाएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस मुसिकोट नगरउपसभापति सन्तोष शाक्य,सहसचिव सुस्मा सापकोटा तिवारी,सदस्यहरु माया खरेल,योगेन्द्र खरेल, नेपाली काँग्रेस मुसिकोट वडा नं २ का प्रस्तावित वडाध्यक्ष पदका उम्मेदवार रविन्द्र केसी,नेपाली काँग्रेस मुसिकोट वडा नं ७ का वडा सभापति डिलाराम खरेल,नेपाल तरुण दल मुसिकोट नगर समिति सभापति भिम पाण्डे लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल दलित सघं मुसिकोट नगरकार्यसमिति उपसभापति दिपक नेपालीले गर्नुभएको थियो ।
स्मरण रहोस शुक्रवार मात्रै मुसिकोट वडा नं १ बाट २०७४ सालको स्थानीय तहमा नेकपा माओवादी केन्द्रबाट वडा सदस्य पदका उम्मेदवार मिना विश्वकर्मा लगायतका दर्जन बढी युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad