पाल्पा बस दुर्घटना:दुइको मृत्यु चार गम्भीर घाइते

पाल्पा। पाल्पामा शुक्रबार भएको बस दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जना बालकसहित दुई जनाको गए राती मृत्यु भएको छ । शुक्रबार साँझ रैनादेवि छहरा गाउँपालिकास्थित भित्री सडकमा भएको बस दुर्घटनामा परि रैनादेवि गाउँपालिका–६ धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी र सोही स्थानका होमबहादुर रासकोटीका ७ वर्षीय छोरा अशोक रासकोटीको मृत्यु भएको हो । जिसी बस धनी र चालक समेत रहेको प्रहरीले जनाएको छ । घटनामा ४ जना बालकहरू गम्भीर घाइते भएका छन् ।

सोही वडाको पानीडाँडाबाट जुठापानी तर्फ जाँदै गरेको गु १ ख ४९०९ नम्बरको बस सडक देखि करिब चार सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकृत डिएसी वीरेन्द्र थापाका अनुसार गम्भीर घाइते हुनेहरू मध्ये ३ जनाको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको र एक जनालाई भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै