म को हूँ ?

म यो हूँ, म त्यो हूँ
महिला, पुरुष, Lesbian या Gay हूँ।
म जे हूँ तिमिलाई के चाँसो
जे सूकै होस म नै हो मेरो “साचो”।

मैले कस्को के बिगारेको छू??
मैले मात्र आफुलाई सिंगारेको छू।
किन तिमि अप्शब्द बोल्छौ मलाई??
मैले त समाज बाट पर्दा ऊघारेको छू।

निको पार्न लाई म कुनै रोग होइन,
घर बाट निकालिन म कुनै बोझ होइन।
मैले मात्र आफु लाई निखारेको छू
मैले कसरी समाज लाई बिगारेको छू?

मलाई देखेर तिमि हासो उड़ाउछौ,
किन तिमि मेरो मजाक बनाउछौ?
म पनी तिमि जस्तै प्राकृतिक नै हूँ,
किन मलाई खराब शब्द ले जनाऊँछौ?
किन मेरो मजाक बनाउछौ?

मेरो पनी तिम्रो जस्तै आफ़्नै अस्तित्त्व छ।
तिम्रो जस्तै छूट्टै नाम छ, पहिचान छ।
मेरो अस्तित्त्व मा म आफै लाई सान छ।
तिम्रो तिखो बोली ले किन घोच्छौ मलाई ?
किन समाज बिगारेको सोच्छौ मलाई ?

कस्तो लाग्छ होला,
गलत नहुदा पनी घर बाट निकालिदा ।
मेरो हक को इज्जत, समाज ले मलाई नदीदा ।
जथाभावी गाली, चुप चाप आफ्नो बाटो हिड्दा ।
आखिर कैले सम्म म अंधेरो मा गुमसिनु
आखिर कैले, मेरो हिस्सा को घाम दिन्छौ मलाई।
आखिर कैले मेरो अधिकार को नाम दिन्छौ मलाई ?

कैले सम्म समाज एसरी नै चल्ने ?
कैले सम्म म घृणा को आगो मा जल्ने ?
कैले सम्म, मेरो आवाज लाई टार्ने ?
कैले सम्म, मलाई सधै पछाडी पार्ने ?
कैले सम्म,बिहानि संगै आश, अनी हरेक रात हार्ने ?
कैले सम्म, हँ, कैले सम्म ….

लेखक
……………………
लेखक आकाश श्रेष्ठ

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै