Advertisement
विज्ञापन

मेला महोत्सवले नेपालको अर्थतन्त्रलाइ चलायमान बनाउछ:गृहमन्त्री खाण



Advertisement
विज्ञापन

अनिष पन्थी,गुल्मी । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले  मेला महोत्सवले  नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन ।
चौथो गुल्मी महोत्सव प्रादेशिक व्यापार एवं औद्योगिक मेला २०७८ को उद्घाटन गर्न गुल्मी आएका गृहमन्त्री खाणले यस्तो बताएका हुन ।

कोभिड १९ कोरोना भाइरसको कारणले उधोगी र व्यवसायीलाई ठूलो असर गरेको बताउँदै आर्थिक समृद्धिको लागि यी यस्ता मेला महोत्सव आवश्यक रहेको बताए ।


Advertisement
Advertisement
Advertisement

यस्तै शान्ती सु-व्यवस्था स्थापना गर्न र उद्योग व्यवसायलाइ  चलायमान बनाउनको लागि अहिलेको  गठबन्धनको सरकरले महत्त्वपूर्ण भुमिका खेलेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले यो मेला महोत्सवले पत्रकारहरुलाइ समेत थप क्रियाशिल पार्ने बताए ।

आसन्न बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको लागि शान्ती सुरक्षा  मिलाउनको लागि जिल्ला तहका नेता तथा सुरक्षा निकायका पदाधिकारीलाई आग्रह गरे ।

अहिलेको निर्वाचन भएरहित मर्यादित वातावरणमा हुने बताउँदै
निर्वाचनमा भाग नलिएका दललाई सहभागी हुन आग्रह आग्रह गरे ।बिकास निर्माणको लागि सबैको राजनीति दलको आवश्यक रहेको  समेत गृहमन्त्री खाणले  बताए ।

नागरिकको लागि सुरक्षा दिने दायित्व सरकारको रहेको उल्लेख गर्दै नागरिकको जिवनरक्षाको लागि गठबन्धनको सरकारले काम गरिरहेको बताए।

गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य कृषि पर्यटनमा आधारित व्यापारको बिकास भन्ने नाराका साथ  आजदेखी सुरु  भएको चौथो गुल्मी महोत्सव बैशाख ४ गते सम्म चल्ने छ।

ऐतिहासिक पौराणिक धार्मिक एवं पर्यटक स्थलको प्रचार प्रबर्द्धन अन्तर्राष्ट्रिय बजारमा स्थानीय उत्पादनलाई बजारीकरण साथै कृषिलाई प्राथमिकता  रहेको महोत्सवमा दुई सय स्टल राखिएको छ ।

गुल्मी महोत्सवमा दुई दर्जन राष्ट्रिय र चार दर्जन स्थानीय कलाहरुको प्रस्तुति रहने बताइएको छ । चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघले जनाएको छ ।

महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउँछ : गृहमन्त्री खाण

अनिष पन्थी ,गुल्मी,मध्यान्ह ।
गृहमन्त्री बालकृष्ण खाणले महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् । चौथो गुल्मी महोत्सव प्रादेशिक व्यापार एवं औद्योगिक मेला-२०७८ काे उद्घाटन गर्न गुल्मी आएका गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।

कोरोना भाइरसकका कारणले उद्याेगी र व्यवसायीलाई ठूलो असर गरेको बताउँदै आर्थिक समृद्धिको लागि यी मेला महोत्सव आवश्यक रहेको गृहमन्त्री खाणले बताए । उनले शान्ति सु-व्यवस्था स्थापना गर्न र उद्योग व्यवसायलाइ चलायमान बनाउनको लागि अहिलेको गठबन्धनको सरकरले महत्त्वपूर्ण भुमिका खेलेको उल्लेख गरेका छन् ।
महोत्सवले पत्रकारहरुलाई समेत थप क्रियाशिल बनाउने कार्यक्रममा खाणले बताए । आउँदाे बैशाख ३० गते स्थानीय तहको निर्वाचनको लागि शान्ती सुरक्षा कायम गर्न जिल्ला तहका नेता तथा सुरक्षा निकायका पदाधिकारीलाई आग्रह गरे ।

अहिलेको निर्वाचन भयरहित र मर्यादित वातावरणमा हुने बताउँदै
निर्वाचनमा भाग नलिएका दललाई सहभागी हुन आग्रह आग्रह गरे । बिकास निर्माणको लागि सबैको राजनीति दलको आवश्यक रहेको समेत गृहमन्त्री खाणले बताए ।

नागरिकको लागि सुरक्षा दिने दायित्व सरकारको रहेको उल्लेख गर्दै नागरिकको जिवनरक्षाको लागि गठबन्धनको सरकारले काम गरिरहेको गृहमन्त्री खाणकाे भनाइ रहेको छ ।

गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य कृषि पर्यटनमा आधारित व्यापारको बिकास भन्ने नाराका साथ आजदेखी सुरु भएको चौथो गुल्मी महोत्सव बैशाख ४ गते सम्म चल्ने छ।

ऐतिहासिक पौराणिक धार्मिक एवं पर्यटक स्थलको प्रचार प्रबर्द्धन अन्तर्राष्ट्रिय बजारमा स्थानीय उत्पादनलाई बजारीकरण साथै कृषिलाई प्राथमिकता रहेको महोत्सवमा दुई सय स्टल राखिएको छ ।

गुल्मी महोत्सवमा दुई दर्जन राष्ट्रिय र चार दर्जन स्थानीय कलाहरुको प्रस्तुति रहने बताइएको छ । चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad