इस्मामा तिजुखर्क दरिन्ढुङ्गा लिफ्टिङ खानेपानीको कांग्रेस सभापति पन्थीद्वारा उद्घाटन

अनिष पन्थी,गुल्मी । तिजुखर्क दरिन्ढुङ्गा लिफ्टिङ खानेपानीको लिफ्ट परिक्षण इस्मा गाउँपालिका ५ रजस्थलमा उद्घाटन गरिएको छ ।
नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आज एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन ।

कार्यक्रमको उद्घाटन गर्दै सभापति पन्थीले सरकार परिवर्तन हुदा यी यस्ता आयोजना असर गरेको बताउँदै जुन सरकार आए पनि आम जनताको योजना भएको बताए ।यो खानेपानी समपन्न गर्ने जिम्मेवारी हामिले लिने बताउँदै चुनाव जित्ने जनप्रतिनिधि सबैको अभिभावक बन्न आग्रह गरे ।

कुनै कुनै कुरामा फरक पाटिको भएको कारण सिफारिस रोकिएको बताउदै हामी ले चुनाव जितेपछि कसैप्रती पुर्वाग्रह नराख्ने सभापति पन्थीले बताए ।जनप्रतिनिधिले जनता निमित्त केही गर्छु भनेपछि प्रतिबद्ध भएर गर्नुपर्ने बताए ।

राजनीति लाई मजबुत बनाउन जनताका कुरा सुन्नु पर्ने सभापति पन्थीले बताए ।अझै पनि केही काम बाकी भएपनि फेरि बजेट बिनियोजन गरेर काम पूरा गर्ने पन्थीको भनाइ छ । आफ्नो पहलमा नेपाल सरकारबाट बजेट पारी सोही आयोजना थालिएको बताए ।

यो आयोजनामा दुई स्टिम गरि यसलाई लिफ्टिङमा लगिएको तिजुखर्क दारिन्ढुङ्गा लिफ्टिङ खानेपानिका अध्यक्ष भगत खडकाले बताए ।

खानेपानीको क्षेत्र राजनीति गर्ने ठाउँ नभएको बताउदै खडकाले यी यस्ता संरचनामा राजनीति साघुरो हुन नहुने उल्लेख गरे ।इस्मा रजस्थलका ६२ घरले उक्त खानेपानी प्रयोग गर्ने बताए खड्काले बताए ।
यो समग्र इस्माको सम्पती भएको बताउदै यो आयोजना कांग्रेसले मात्र नभई सबैको सहयोगमा ल्याएको बताए । केन्द्रिय बजेटमा समाबेस भएको उक्त खानेपानी आयोजनामा
२४ लाखको पाइप खरिद गरेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीको प्रमुख आतिथ्यता,नेपाली कांग्रेसका क्षेत्रीय सभापति चन्द्र बहादुर महतको विशेष आतिथ्यता,नेपाली कांग्रेस जिल्ला सदस्य पदम बिस्ट, प्रदेस सभा सभापति झबिन्द्र अर्याल, इस्वरी प्रसाद अर्याल,नेकपा माओवादी प्रतिनिधि ज्ञान् बहादुर बिस्ट,नेकपा एकीकृत समाजबादि प्रतिनिधि राम प्रसाद पन्थ, जग्ग्गा दाता रिमलाल अर्याल,कुल चन्द्र कुवर
लगाएतको उपस्थित रहेको थियो।
तिजुखर्क दारिन्ढुङ्गा लिफ्टिङ खानेपानीका अध्यक्ष भगत खडकाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन तिजुखर्क दारिन्ढुङ्गा लिफ्टिङ खानेपानीका सचीव टिका कुवरको रहेको थियो।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै