लेकाली स्वावलम्बन साकोसद्धारा रेसुङ्गामा लेकाली चौतारी उद्धाटन
नालीबेली न्युज डटकम :लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. तम्घास, गुल्मीले रेसुङ्गामा चौतारी उद्धाटन गरेको छ । धार्मिक, ऐतिहासिक, पर्यटकिय तपोभुमी रेसुङ्गा महापोखरी देखी यज्ञशाला जाने बाटोको छेउमा संस्थाले लेकाली चौतारी निर्माण गरेकोे हो। निर्माण सम्पन्न पश्चात आज एक कार्यक्रमका बिच लेकाली विश्राम चौतारीको उद्धाटन गरिएको छ ।

लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. रेसुङ्गा नगरपालिका –१ तम्घास, गुल्मीले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा रेसुङ्गामा विश्राम चौतारी शिलन्यास गरी निर्माण गरेको संस्थाका व्यवस्थापक कल्पना बस्नेतले बताउनुभयो ।
रेसुङ्गा घुम्न जाने पर्यटक एवं धर्मालम्बीलाई दृष्टीगत गदैं सहजताको निम्ती विश्राम स्थल बनाइएको छ । डेढ लाखको लागतमा विश्राम चौतारीको स्टीमेट गरिएको थियो । निर्माण व्यवसायी रामबहादुर बस्नेतलाई दिइएको निमार्णको ठेक्का समयमै सम्पन्न गरि संस्थालाई हस्तान्तरण गर्नुभएको हो ।

लेकाली चौतारी समुद्धाटन कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको प्रमुख आतिथ्यता रहेको थियो भने रेसुङ्गा संरक्षण समितीका अध्यक्ष सुरेशचन्द्र भुसालको विशेष आतिथ्यता रहेको थियो ।
लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सल्लाहकार गोपाल प्रसाद पन्थी, रमेश थापा, दधिराम नेपाली, देब बहादुर बस्नेत,मुकुन्दहरी गौतमको आतिथ्यता रहेको थियो ।
लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भुवन प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न गरिएको उद्धाटन कार्याक्रमको सञ्चालन संस्थाका सचिव बलबहादुर कुवँरले गर्नुभएको थियो । सही संस्थाका उपाध्यक्ष गणेश श्रेष्ठको स्वागत मन्त्यवबाट सुरु भएको चौतारी निर्माणको उद्धाटन कार्याक्रममा सञ्चालन समिती, लेखा सुपरिवेक्षण समिती, विभिन्न उपसमिती र कर्मचारीको उपस्थिीती रहेको थियो ।
विशेष अतिथी भुसालले संस्थाले रचनात्मक एवं उदाहरणीय कार्य गरेको जसले गर्दा अन्य संघसंस्थालाई यस्ता काम गर्न प्रेरित गर्ने विश्वास गर्नुभयो । उहाँेल पवित्र भुमि रेसुङ्गामा महत्वपूर्ण दिनमा महत्वपूर्ण कार्य गरेको बताउदैं चैत्रे दशै एवं आउदैं गरेको नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथी रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मरासीनीले सामाजिक उत्तरदायित्व अन्र्तगत रेसुङ्गामा लेकाली विश्राम चौतारी निर्माण गर्नु पुणित कार्य रहेको बताउनुभयो । सहकारी निति, विधी र प्रविधिमा सञ्चालन हुने भएकाले अझै राम्रा काम गदैं अन्तर्राष्ट्रिय बा्रण्ड बनोस भनी शुभकामना दिनुभयो ।
लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष अर्यालले सहकारीको ७ नं. सिद्धान्त अनुशरण गदैं सामाजिक उत्तरदायित्वको कार्य गरेको बतानुभयो । पवित्र भुमि रेसुङ्गाले संस्थाको प्रगतीमा टेवा पुर्याउने कामना गदैं उहाँले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उद्धाटन कार्यक्रममा निर्माण व्यवसायी बस्नेत, रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई सम्मान समेत गरिएको थियो । लेकाली स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था लि. मा ३ हजार ३ सय ३७ जना सेयर सदस्य आबद्ध छन् भने १ हजार १ सय जना नाबालक सेयर सदस्य रहेका छन् । अहिलेसम्म ५४ करोड ७० करोडको वासलत रहेको संस्थाका व्यवस्थापक बस्नेतले जानकारी दिनुभयो ।
