छडके मिडियाद्वारा २०७९ सालको भित्तेपात्रो बिमोचन

नालिबेली न्युज गुल्मी । छड्के मिडिया प्रालिले २०७९ सालको भित्तेपात्रो बिमोचन गरेको छ । छड्के मिडिया प्रालि द्धारा सञ्चालित छड्के न्यूज डटकमले प्रकाशन गरेको भित्तेपात्रो रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बिमोचन गरेका हुन् ।
पात्रो बिमोचन गर्दै नगरप्रमुख भुसालले समाज विकासमा संचारमाध्यमको महत्वपुर्ण भुमिका रहने उल्लेख गरे । पछिल्लो समयमा छापा मिडिया भन्दा पनि अनलाइन मिडियाले निकै फडको मारेको बताए ।

उनले धेरै अनलाइन मिडियाहरु खुलीरहेकाले विश्वसनीय माथी घटदै गएको बताए । अनलाइन मिडियाले समाचार राख्ने क्रममा कतिपयले झुटो र भ्रामक समाचारहरु पनि सम्प्रेषण गर्ने भएकाले त्यस तर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

यस मिडिया प्रालिले आम नागरिकको सत्य तथ्य समाचार सम्प्रेसरणमा ध्यान दिनुपर्नेमा जोड दिए । सञ्चार क्षेत्र निकै महत्वपूर्ण क्षेत्र भएकाले सहि सत्य तथ्य समाचार आम नागरिक सामु पुर्याउनु पर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल आर्यालले छापा मिडिया भन्दा अनलाइन मिडिया प्रभावकारी बन्दै गएकाले सत्य तथ्य समाचार सम्प्रेषण गर्न जोड दिए । छड्के न्यूज डटकमले एक वर्ष यता गुल्मी जिल्ला र देश भरका समाचारहरु सम्प्रेषण गर्दै आएको सञ्चालक समितिका अध्यक्ष मनोज कार्कीले बताए ।

‘खोज पत्रकारिताको नयाँ अभ्यास’ भन्ने नारा बोकेको छड्के न्यूज डटकमले स्थापनाको छोटो अवधीमा धेरै पाठक माझ लोकप्रिय बन्दै गएको उल्लेख गरे । ग्रामीण वस्तीमा आवाज बिहिन नागरिकहरुको आवाजसँगै विकास निर्माणमा खबदारी यस मिडियाले गर्दै आएको कार्कीले बताए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिनी, लगायत जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार अनिश पन्थीले गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार