स्थानीय सरकार सङ्गको साझेदारी कार्यक्रम अन्तर्गत प्रगति समिक्षा छलफल कार्यक्रम समपन्न

अनिष पन्थी ,गुल्मी । गुल्मीमा स्थानीय सरकार सङ्गको साझेदारी कार्यक्रम अन्तर्गत प्रगति समिक्षा छलफल कार्यक्रम समपन्न भएको छ ।

जिल्लामा सञ्चालित ५ स्थानीय तहका सम्बन्धित निकायसँग सम्झौता गरिएको १९ करोड ५३ लाख ६९ हजार ३ सय ५६ रुपैयाँको लागतमा सञ्चालित कार्यक्रमको समीक्षा गरिएको हो।

जिल्लाको मुसिकोट नगरपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका, धुर्काेट गाउँपालिका र इस्मा गाउँपालिकामा हेफर इन्टरनेशनलले आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत बाख्राको क्षेत्रमा काम गरिरहेको हेफर इन्टरनेशनल नेपालका वरिष्ठ प्रवन्धक प्रेम साम्ब्युले बताए ।

पाँच स्थानीय तहमा पाँच साझेदार संस्था अन्तर्गत १७ सहकारीले काम गरिरहेको छ ।गुल्मीका पाँच स्थानीय तहको कुल १४ करोड ६५ लाख २७ हजार १७ रुपैयाँ र हेफर इन्टरनेशनल नेपालको ४ करोड ८८ लाख ४२ हजार ३ सय ३९ रुपैयाँ लगानीमा काम भइरहेको हेफर इन्टरनेशनल नेपालका सह–निर्देशक दुर्गा केसीले बताए।

कार्यक्रमबाट जिल्लाका १० हजार ८ सय १७ परिवार संख्यालाई लक्षित गरिएकोमा कुल २ हजार ३ सय ७९ घरपरिवारमा उपलब्धि भइसकेको संस्थाका सह–निर्देशक केसीले जानकारी दिए ।
कार्यक्रममा ६ हजार १ सय ९३ घरपरिवार दलित र २ हजार २ सय ४५ घरपरिवार जनजाति समेटिएका छन् । पाँच पालिकामा कार्यक्रम अन्तर्गत अहिलेसम्म ४ सय ७ सय ६ बाख्रा, ४ सय ३९ बिउ बोका र २ हजार ९ सय २९ बाख्राको खोर वितरण गरिसकिएको साझेदार संस्थाहरुले बताएका छन्।
साझेदारी संस्थाका अनुसार कुल १७ सहकारीमा ७ हजार १ सय ६१ सेयर सदस्यहरु आबद्ध रहेका छन् ।
धुर्काेट गाउँपालिकामा सञ्चालित कार्यक्रममा गाउँपालिकाको कुल ३ करोड ३ लाख ६२ हजार एक सय १० रुपैयाँ र हेफर इन्टरनेशनल नेपालको १ करोड १ लाख २१ हजार ९ सय २० रुपैयाँ गरेर जम्मा ४ करोड ४ लाख ८४ हजार ३० रुपैयाँ लगानी गरिएको संयोजक शंकर नेपालीले जानकारी दिए ।
मुसिकोट नगरपालिकाको आफ्नो ३ करोड ३२ लाख ४५ हजार ५६ रुपैयाँ र हेफरको १ करोड १० लाख ८२ हजार ४ सय ८३ रुपैयाँ परियोजना संयोजक बाबुराम पन्थीले जानकारी दिए । कार्यक्रममा इस्मा गाउँपालिकाको २ करोड ४० लाख ६६ हजार ३ सय ९३ रुपैयाँ र हेफरको ८७ लाख ७२ हजार २ सय ५ रुपैयाँ लगानी भएको परियोजना संयोजक प्रयास अधिकारीले बताए ।
मालिका गाउँपालिकाको २ करोड ८१ लख ७ सय ७३ रुपैयाँ र हेफरको ९० लाख ६८ हजार १ सय ५५ रुपैयाँ लगानी भएको छ । मदाने गाउँपलिकाको ५ करोड ८५ लाख ७१ हजार ६ सय ८५ र हेफरको ९७ लाख ९७ हजार ५ सय ७६ रुपैयाँ लगानी भएको गाउँपालिकाले जनाएको छ ।

समिक्षा तथा छलफल कार्यक्रम सम्बन्धित कार्यक्रमका सहजकर्ता,स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरु लगायताको उपस्थितिमा गरिएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै