सरोकारवालाहरुसँग समन्वय तथा तथा समीक्षा बैठक समपन्न
अनिष पन्थी,गुल्मी ।गुल्मीमा सरोकारवालाहरुसँग समन्वय तथा तथा समीक्षा बैठक गरिएको भएको छ । सदरमुकाम तम्घासमा स्वास्थ्य कार्यालय गुल्मीको आयोजना र राष्ट्रिय ग्रामीण तथा सामुदायिक बिकास केन्द्र (नार्डेक) नेपालको समन्वयमा बैठक तथा छलफल कार्यक्रम गरिएको हो ।
जिल्लाका स्थानीय तहमा नार्डेकले संचालन गरेको एचआईभी र क्षयरोग कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले तल्लो तहका सर्वसाधारणहरुमा सरकारको अनुभूति दिन पनि अप्ठ्यारो भइरहेको बताए ।
स्थानीय तहमा बिरामी खोज्नुपर्ने, सम्मानित जिवन बिताउनु पर्ने र एचआईभी र क्षयरोगका बिरामी खोज्नुपर्ने र उपचार गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताए । साथै प्रमुख जिल्ला अधिकारी पाैडेलले खोजेर उपचार गर्नुपर्ने र सम्मानित जीवन जिउनले वातावरण बनाउनुपर्नेमा जाेड दिए।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुली, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र नागरिक समाजका अध्यक्ष पदम प्रसाद पाण्डे लगायतले कार्यक्रम प्रभावकारी भएको बताएका छन् । नार्डेक नेपालले गुल्मी र पाल्पामा एचआईभी र क्षयरोग सम्बन्धि काम गरिरहेकाे नार्डेकका कार्यकारी निर्देशक रेशम कुँवरले जानकारी दिए ।